“सुशासनसहित सामाजिक न्याय र समृद्धि”
हाम्रो बारेमा
उज्यालो नेपाल पार्टी सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर स्थापना भएको राजनीतिक दल हो। पार्टीले देशको शासन प्रणाली, नीति निर्माण प्रक्रिया र सार्वजनिक सेवाप्रवाहलाई परिणाममुखी बनाउने लक्ष्य राखेको छ। नागरिकको दैनिक जीवनमा प्रत्यक्ष असर पार्ने विषयहरू, जस्तै समयमै सेवा प्रवाह, सम्मानजनक व्यवहार, प्रक्रियागत सरलता, पारदर्शिता र जवाफदेहितालाई पार्टीले प्राथमिकतामा राखेको छ। संविधानले स्थापित गरेको लोकतान्त्रिक उपलब्धिहरूलाई स्वीकार गर्दै राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय एकताको संरक्षण, विधिको शासन, मानव अधिकार, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका र प्रतिस्पर्धी बहुदलीय प्रणालीप्रति पार्टीको अडान स्पष्ट रहेको छ।
उज्यालो नेपाल पार्टीले पुरानो अभ्यास, भागबण्डा र अवसरवादबाट उत्पन्न समस्याहरूको समाधान शासन सुधार, प्रणालीगत परिवर्तन र नागरिक केन्द्रित सेवाप्रवाहबाट सम्भव हुन्छ भन्ने मान्यता राखेको छ। भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता, पारदर्शी निर्णय प्रक्रिया, निरन्तर निगरानी र नागरिक सहभागितालाई जोड दिँदै पार्टीले सार्वजनिक प्रशासनलाई डिजिटल, सरल र पहुँचयोग्य बनाउने दिशा लिएको छ। पार्टीले योग्यता, इमानदारी र जनविश्वासलाई नेतृत्व विकासको आधार बनाएको छ, साथै युवालाई नीति निर्माणदेखि कार्यान्वयनसम्म अग्रपंक्तिमा उभ्याउने लक्ष्य राखेको छ। वैकल्पिक सोच भएका सबै शक्ति र समूहसँग सहकार्य र सम्भावित एकताको ढोका खुला राख्दै, साझा एजेन्डामार्फत देशलाई सक्षम, स्वाभिमानी र समृद्ध बनाउने अभियानमा पार्टी निरन्तर अघि बढिरहेको छ।
हामीसँग जोडिनुहोस् ।
सदस्यता आवेदन
उज्यालो नेपाल पार्टीको आधिकारिक सदस्य बन्नुहोस् र राष्ट्र निर्माणमा सक्रिय भूमिका खेल्नुहोस्।
स्वयंसेवक आवेदन
पार्टीका विभिन्न कार्यक्रम र अभियानहरूमा स्वयंसेवकको रूपमा भाग लिनुहोस्।
उज्यालो नेपाल पार्टीको पछिल्लो अपडेट
Our latest content
Check out what's new in our company !