Skip to Content

हाम्रो बारे​​​​मा 

उज्यालो नेपाल पार्टी समावेशी लोकतन्त्र

उज्यालो नेपाल पार्टी समावेशी लोकतन्त्र, सुशासन, सामाजिक न्याय र दिगो समृद्धिको लागि स्थापना भएको, परिणाममुखी र जिम्मेवार राजनीतिक शक्ति हो । नागरिकको अधिकार, अवसर र गरिमालाई केन्द्रमा राख्दै हामी हाम्रा गतिविधीहरुमा पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिन्छौं । हाम्रो वैचारिक आधार समुदाय केन्द्रित अर्थतन्त्र, विधिको शासन, बहुसांस्कृतिक राष्ट्रिय एकता र मानवअधिकार रहेको छ ।

राज्य, निजी क्षेत्र र समुदायबीचको सहकार्यलाई राष्ट्रिय प्रगतिको मूल शक्ति मान्दै हामी जलविद्युत्, पर्यटन, प्रविधिमैत्री उद्योग, डिजिटल संरचना र हरित ऊर्जालाई प्राथमिकता दिन्छौं । प्रविधिमैत्री उद्योग, डिजिटल संरचना र हरित ऊर्जालाई प्राथमिकता दिन्छौं । हामी जेन जी आन्दोलनको सकारात्मक ऊर्जा र अपेक्षालाई संस्थागत गर्दै, युवा, महिला, अपांगता भएका व्यक्ति, दलित, आदिवासी जनजाति, मधेशी र सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागितालाई नीति र बजेटमा वास्तविक प्राथमिकतामा रूपान्तरण गर्ने प्रयास गर्नेछौं ।

योग्यताप्रधान, निष्पक्ष र समावेशी प्रणालीमार्फत राज्य संयन्त्रलाई सक्षम बनाउने हाम्रो स्पष्ट लक्ष्य रहेको छ । हाम्रो अबधारणा र गतिविधी चुस्त सेवा प्रवाहमा केन्द्रित छ । बिजुली, सडक, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा जस्ता सेवामा सिघ्र सुधार, भ्रष्टाचारमा शून्य सहनशीलता, न्यायोचित कर, निष्पक्ष बजार अनुशासन र जनताकै निगरानीमा पारदर्शी सार्वजनिक खर्च हाम्रो मुल मन्त्र रहको छ ।

विपद् जोखिम न्यूनीकरण, जलवायु अनुकूलन र हरित रोजगारीलाई विकासको केन्द्रविन्दुमा राखेर, डिजिटल र भौतिक दुवै मोडालिटीबाट समुदायसम्म हामी निरन्तर पुगीरहने छौं । विविध प्रकारका विद्यमान अँध्यारोलाई नीति, संस्था र नतिजामार्फत हटाउँदै उज्यालो तर्फ देशलाई डोर्याउने हाम्रो सामूहिक प्रतिबद्धता रहेको छ ।

दृष्टि

हरेक नागरिकले मानव अधिकार, अवसर, पहिचान र गरिमासहित सुरक्षित, समृद्ध, पर्यावरणमैत्री र सम्भावनाले भरिएको जीवन बाँच्न पाउन, समावेशी लोकतन्त्र, सुशासन र सामाजिक न्यायमा आधारित, दिगो समृद्ध, हरित र डिजिटल नेपाल निर्माण गर्ने ।

ध्येय

समावेशी लोकतान्त्रिक मूल्यमा अडिएर राज्य, निजी क्षेत्र र समुदायबीच सहकार्य सुदृढ गर्दै जलविद्युत, पर्यटन, प्रविधिमैत्री उद्योग, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, हरित रोजगारी र डिजिटल पूर्वाधारमा चुस्त सेवा प्रवाह, शून्य सहनशील सुशासन र पारदर्शी सार्वजनिक खर्च प्रणालीमार्फत दिगो समृद्धि संस्थागत बनाउँदै लैजाने ।

उज्यलो नेपाल को

मेम्बर बन्नु होस

समावेशी लोकतान्त्रिक मूल्यमा अडिएर राज्य, निजी क्षेत्र र समुदायबीच सहकार्य सुदृढ गर्दै जलविद्युत, पर्यटन, प्रविधिमैत्री उद्योग, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, हरित रोजगारी र डिजिटल पूर्वाधारमा चुस्त सेवा प्रवाह, शून्य सहनशील सुशास​न र पारदर्शी सार्वजनिक खर्च प्रणालीमार्फत दिगो समृद्धि संस्थागत बनाउँदै लैजाने ।

मेम्बर ब​​न्नु होस